देश र जनताको विपक्षमा फैसला भए आन्दोलन: प्रधानमन्त्री ओली

देश र जनताको विपक्षमा फैसला भए आन्दोलन: प्रधानमन्त्री ओली

८ फागुन, विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने बताएका छन् । शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर देश र जनताको पक्षमा फैसला नभए आन्दोलन हुने बताएका हुन्।

उनले भने, ‘यदि कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, त्यस्ता शक्तिहरूलाई पराजित गर्छौं ।’

उनले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई दिनेमा ढुक्क हुन पनि कार्यकर्तालाई विश्वास दिलाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसला भएमा राजनीतिक गठजोड गर्नका लागि सांसदहरूको किनबेच, सरकार बनाउने र ढाल्ने जस्ताा फोहोरी खेल हुने प्रधानमन्त्रीको तर्क छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.