प्रदेश १ को संसद् बैठक रोक्न मुख्यमन्त्री राईको सभामखुलाई दबाब, सभामुखद्वारा अस्वीकार

प्रदेश १ को संसद् बैठक रोक्न मुख्यमन्त्री राईको सभामखुलाई दबाब, सभामुखद्वारा अस्वीकार

९ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् । आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएपनि सभामुखले भने अस्वीकार गरेका छन्।

‘उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भन्नुभयो।’ मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ। यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्।

आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ । यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो । सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए ।

त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए।

तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा सरकारी पक्षले अवरोध गर्दै आएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.