प्रदेश १ को प्रदेशसभा बैठक ओली समूहद्वारा बहिस्कार

प्रदेश १ को प्रदेशसभा बैठक ओली समूहद्वारा बहिस्कार

९ फागुन, काठमाडौँ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । प्रदेशसभामा अरु दलका सांसदहरु आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् ।

आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर ओली समूहका सांसद नआएका कारण बैठक सुरु हुन नसकेको हो ।

मुख्यमन्त्री शेरधन राईले आइतबारको बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरे पनि भण्डारीले अस्वीकार गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.