भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन गराउनुको साटो नेपाली काँग्रेसका नेताहरु त्यसलाई पेन्डुलम बनाएर नेताका नाममा स्थापना भएका एनजिओलाई सक्रिय बनाउन लागिपरका छन् । १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसकेका छन् । तर, महाधिवेशन गराउन कुनै चासो र पहल नगरेका शीर्ष नेताहरुले पार्टीभित्रको गुट चलाउन भने एनजिओको सहारा लिएका छन् ।

पूर्वजहरुका नाममा संस्था स्थापना गरेर पार्टीका शीर्ष नेताहरु नै गुट चलाउन सक्रिय छन् । पार्टीका तत्कालीन सभापतिहरु बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि मंगलादेवी सिंह र नोना कोइरालाका नाममा संस्थाहरु स्थापना भएका छन् । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहका नाममा दर्जनभन्दा बढी संस्था स्थापना भएका छन् ।

ती संस्थाहरुले आफूखुसी र आफूअनुकूल कार्यक्रमहरु र विचारहरु बाहिर ल्याइरहेका छन् । केन्द्रीय कार्यालय के कति संस्था स्थापना भएका छन् र तिनले के काम गरिरहेका छन् भन्ने विषयमा अनभिज्ञ छन् ।, आजको नागरिक दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.