प्रधानमन्त्रीद्वारा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

१० फागुन, कञ्चनपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको आधार भन्ने मूल नारासहित आज दैजी –छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् ।

त्यस क्रममा उनले औद्योगिक क्षेत्रमा विशेष प्याकेजसहित उद्योग कल कारखाना स्थापना हुने उल्लेख गरे । उनले ग्रामीण औद्योगिक क्षेत्र देखि ठुला–ठुला उद्योगधन्दा सञ्चालन गर्न सरकार तल्लीन रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको दार्चुलास्थित गुमेको भूमि फिर्ता ल्याउने दाबी समेत गरेका छन् । तुइन विस्थापित गरी सकभर पक्की पुल, नभए झोलुङ्गे पुल भए पनि निर्माण गरिने उनले बतए ।

सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्राचीन इतिहासको साक्षी सुदूरपश्चिमको विकासका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री ओलीले भूमिहीन, सुकुम्वासी, आरक्षपीडित र मुक्त कमैया, मुक्त हलिया जस्ता अव्यवस्थित बोसवासीहरूको उचित व्यवस्थापनका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए ।

नेपालको हकमा दुई वर्षमै निक्कै चमत्कार भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । अब नेपालमा कहिल्यै पनि लोडसेडिङ नहुने दाबी गर्दै अबको दुई वर्षपछि नेपालले उत्पादन गरेको विद्युत् विदेशी मुलुकलाई बिक्री गर्ने योजना रहेको बताए । उनले पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रको गौरवको योजनाका रूपमा स्थापित गरिने उल्लेख गरे ।

उनले केही दिन भित्रै प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला आउने उल्लेख गर्दै विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दा देश आन्दोलनमा जान् भन्दा प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्यो भन्ने गलत व्याख्या गरिएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.