११ फागुन, काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि आफूलाई रोग नै हराए जस्तो भएको प्रतिक्रिया दिएका छन् ।
उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले यस्ताे बताएका हुन् । उनले ‘सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको’ बताएका छन् ।
उनले भनेका छन्,’कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’
