माधव नेपाल भन्छन् – सर्वोच्चको फैसला प्रशंसनीय र ऐतिहासिक, अब संयुक्त सरकार बन्छ

माधव नेपाल भन्छन् – सर्वोच्चको फैसला प्रशंसनीय र ऐतिहासिक, अब संयुक्त सरकार बन्छ

११ फागुन, काठमाडाैँ ।

नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको बताएका छन् ।

प्रतिनिधिसभाको पुर्नस्थापना गर्ने सर्वोच्चकाे फैसलापछि उनले यस्ताे बताएका हुन् । नेपालले भने, ‘सर्वोच्च अदालतको गरिमालाई बढाएको छ । प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशज्यूहरुको पनि इज्जत र प्रतिष्ठा बढाएको छ । आम नेपाली जनताको चाहनाबमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई उहाँहरुले सहि ढंगले अगाडि सार्ने काम गर्नुभएको छ ।’

उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.