१२ फागुन, काठमाडौं ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले खुसियाली सभा गर्ने भएकाे छ ।
संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत साे समूहले संसद पुनर्स्थापना भएसँगै आज देशैभर खुसियाली मनाउन लागेको हो ।
संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने उनले बताए । प्रचण्ड र नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदैछन् ।