प्रचण्ड-माधव समूहले बाेलायाे संसदीय दलको बैठक

प्रचण्ड-माधव समूहले बाेलायाे संसदीय दलको बैठक

१२ फागुन, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्न संसदीय दलकाे बैठक बस्न लागेकाे हाे ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ भने ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.