मेरा केही भाइहरुले लड्डु खाएछन्, के जितेको हो थाहा छैन: ओली

मेरा केही भाइहरुले लड्डु खाएछन्, के जितेको हो थाहा छैन: ओली

१२ फागुन, काठमाडाैं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीमा रहजुञ्जेल राम्रो काम गर्ने बताएका छन्। सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले अदालतको फैसलापछि केही मान्छेले लड्डु खाएर खुशी मनाएकाे भन्ने टिप्पणी पनि गरेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै उनले भने, ‘हिजो अदालतको फैसला आएपछि मेरा केही भाइहरुले लड्डु ख्वाइख्वाइ गरे। के जितेको हो थाहा छैन। लड्डु खाएर, मुख मिठ्याएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नु हुन्छ कि जस्तो लाग्छ। राजीनामा देऊ राजीनामा देऊ भनेर, त्यतापट्टि चिन्ता गर्नु पर्दैन।’

उनले अदालतको फैसला सामान्य रहेको र त्यसमा लड्डु खाइहाल्नुपर्ने अवस्था नरहेको भन्दै प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै भने, ‘किन लड्डु खाए होला।’

‘जिन्दगीको केही ठेगान छैन, जबसम्म मान्छे छ, तबसम्म राम्रो काम गर्ने हो। मेरो देश विकासको संकल्पमा कुनै फरक पर्दैन। स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराबाट धेरै असर पर्छ’ ओलीले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.