हामी नेपालसँग सुदृढ सम्बन्ध चाहन्छौँ : अमेरिकी राष्ट्रपति बाइडन

हामी नेपालसँग सुदृढ सम्बन्ध चाहन्छौँ : अमेरिकी राष्ट्रपति बाइडन

१२ फागुन, काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् ।

बुधबार अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पठाएको ओहदाको प्रमाणपत्र बुझेपछि वाइडनले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुन् ।

ओहोदाको प्रमाणपत्र बुझेपछि बाइडनले दिएको जवाफबारे अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’

राजदूत खतिवडाले ओहदाको प्रमाणपत्रसँंगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए । उनले अमेरिकाले नेपाललाई गरेको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.