काठमाडौंको बसुन्धारामा महेन्द्र नारायण निधिको प्रतिमा अनावरण

काठमाडौंको बसुन्धारामा महेन्द्र नारायण निधिको प्रतिमा अनावरण

१३ फागुन, काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धारा स्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल भित्र निधिको प्रतिमा स्थापना गरिएको हो ।

नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका छन्। सो अवसरमा उप–सभापति निधिले अस्पतालको नवनिर्मित भवन समेत उद्घाटन गरेका थिए।

नेपालमा पहाडी भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शिर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरुको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भएपनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शिर्ष तहमा पुगेका व्यक्तिहरुको पहाडी भेगमा खासै प्रतिमा स्थापना नगरिएको विगत रहेको छ ।

तराई मधेशबाट स्थापित नेताहरु मध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.