ओली बेइमान रहेको एक महिनामै थाहा पाएको थिएः प्रचण्ड

ओली बेइमान रहेको एक महिनामै थाहा पाएको थिएः प्रचण्ड

१५ फागुन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान रहेको बताएका छन् ।

जुन कुरा पार्टी एकता भएको एक महिनामै आफूलाई महशुस भएको उनले बताएका छन्। प्रचण्डसँग मिलेर माधव नेपाल समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्ने ओलीको योजना आफूले पार्टी एकता भएको एक महिना पनि नहुँदै थाहा पाएको प्रचण्डले बताए।

‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन’, प्रचण्डले भने, ‘जेठमा एकता भयो असार नसकिँदै कस्तो बेइमान मानिसको फेला परिएछ भन्ने कुरा मैले बुझिसकेको थिएँ।’

उनले तत्कालै विरोध गरिहाले एकता भएको एक महिनामै यस्तो कुरा गरे जनताले के भन्लान् भन्ने लागेर सहेर बसेको पनि बताए।

पार्टीको अध्यक्ष पालो पालो हुने सहमतिलाई ओलीले एक दिन पनि नमानेको उनले बताए। सहमति भनेको तोड्नकै लागि हो भन्ने नीति ओलीले अपनाउने गरेको प्रचण्डले बताए।

उनले केपी ओलीले आफूलाई महाराजधिराज ठान्न थालेको बताए। बैठक, बहस पटक्कै मन नपराउने, नेतृत्वमा पुग्न जस्तो पनि सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी ओलीमा रहेको उनले बताए। यस्तो बेइमानी सामन्तमा मात्रै हुने गरेको प्रचण्डको भनाइ छ।

‘सहमति लागु नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागु नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै’, प्रचण्डले भने। उनले केपी ओलीले अहिले एमाले खोजिरहेको बताउँदै वास्तविक एमाले आफूहरुतिरै रहेको दाबी गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.