अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत जाँदै

अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत जाँदै

१६ फागुन, काठमाडौं ।
नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्।

उनीमाथि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत जान लागेका हुन् ।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए।

हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं, प्रचण्डले भनेका थिए, जरूरी पर्‍यो भने म आज विराटनगरबाट भन्दैछु।

देशैले सुने हुन्छ, जरूरी पर्‍यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।’

संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सभामुखले सदनको बैठक आयोजना गर्ने हामी उपस्थित हुने र केपीलाई कारबाही गर्नेसम्म जान सकिन्छ। तर म के भन्छु त सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास छ।

सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास भएकाले अहिले नै बसिएको छैन। जरूरी पर्‍यो भने त्यो विकल्प नेपाली जनतासँग छ।

यस्तै प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.