प्रचण्ड–माधव समूहको स्थायी कमिटी मंगलबार र केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

प्रचण्ड–माधव समूहको स्थायी कमिटी मंगलबार र केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

१७ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो ।

संसद् पुस्र्थापना भएपछि भने पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । ‘पार्टीको आगामी भूमिका कस्तो हुनेछ भन्नेबारे निर्णय लिन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

यो समूहका नेताहरु नयाँ सरकार निर्माण र निर्वाचन आयोगमा पार्टी वैधानिकता दावीमा जोड दिदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.