बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमाए

बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमाए

१८ फागुन, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ ।

हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.