सुनको भाउ आज तोलामा ५ सयले बढ्यो

सुनको भाउ आज तोलामा ५ सयले बढ्यो

१९ फागुन, काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.