काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छः देउवा

काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छः देउवा

१९ फागुन, चितवन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको नेतृत्व लिने जिम्मेवारी आए आफू पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा कांग्रेसका दिवंगत नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्रीका लागि आफू मरिनमेट्ने तर जिम्मेवारी लिनुपर्ने अवस्था आए पछि नहट्ने बताएका हुन् ।

‘प्रधानमन्त्री पदका लागि मरिमेट्ने वा भाग्ने कुरा हुँदैन,’ उनले भने, ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ । म पछि हट्दिनँ ।’

सभापति देउवाले कांग्रेसलाई पदको लोभ भने नभएको बताए । ‘कांग्रेसलाई पदको लोभ छैन । टाउकोमा आयो भने भाग्ने पनि छैन, उनले भने, ‘काँधमा आएको जिम्मेवारी हामीले निभाउनुपर्छ । ’

सभापति देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद भने नमागेको स्पष्ट पारे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.