२० फागुन, काठमाडौं ।
आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ।
पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतमा बिदा दिइएको छ ।
पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार बेलुका निधन भएको हो । सर्वोच्च अदालतले नेकपाको नाममाा रहेको विवादमा निर्णय सुनाउनका लागि गएको बिहीबार फागुन २० गते अर्थात आजका लागि मिति तय गरेको थियो ।
तर बिदा परेका कारण पछि धकेलिएको हो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको हो ।
तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो ।
कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखेको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरे थिए ।