भोजपुरमा ट्याक्टर दुर्घटनाबाट सह–चालकको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटनाबाट सह–चालकको मृत्यु

२० फागुन, भोजपुर । भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे सोही स्थानमा को २ त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाईते भएका थिए ।

घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सभा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.