काठमाडौँ पुगे विप्लव, केही बेरमा हस्ताक्षर समारोहमा सहभागी हुने

काठमाडौँ पुगे विप्लव, केही बेरमा हस्ताक्षर समारोहमा सहभागी हुने

२१ फागुन, काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं पुगेका छन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकसाथ एउटै मञ्चबाट सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्नेछन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.