म्यानमार नरसंहारविरुद्ध नागरिक अगुवाको दूतावास अगाडि प्रर्दशन

म्यानमार नरसंहारविरुद्ध नागरिक अगुवाको दूतावास अगाडि प्रर्दशन

२१ फागुन, काठमाडौँ । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् ।

मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्र्तराष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए भने आ–आफ्नो तीनवटा औँला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागीता रहेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यान्मारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताए ।

अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै संग्रौलाले मान्मारका नागरिकले जित्ने पनि बताए ।

विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका थिए ।

म्यानमारम फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा चार दर्जनभन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.