‘बी’ डिभिजन लिगः ब्वाइज युनियन र टुसाल क्लब तथा खुमलटार युथ र श्री भगवती भिड्दै

‘बी’ डिभिजन लिगः ब्वाइज युनियन र टुसाल क्लब तथा खुमलटार युथ र श्री भगवती भिड्दै

२२ फागुन, काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

दिउँसो सवा १२ बजे चौथो स्थानमा रहेको ब्वाइज युनियन र टुसाल क्लब तथा दिउँसो साढे तीन बजे दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुँदैछ ।

दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुनेछ । यसअघि हिजो भएको खेलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएसन विजयी भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.