२२ फागुन, सुर्खेत ।
प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा र कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबीच भेटघाट भएको छ ।
दुई प्रदेश प्रमुखबीच प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगरमा शनिबार भेटवार्ता भएको हो । नियुक्ति पश्चात् सबै प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटघाटमा निस्किएका झाले सो क्रममा कर्णालीका प्रदेश प्रमुखसँग भेटघाट गरेका हुन् ।
झाले सो भेटघाट पश्चात कर्णालीका प्रदेश प्रमुख कलौनीलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निम्तो गरेका छन् । निम्तो पश्चात प्रदेश प्रमुख कलौनीले उपयुक्त समयमा २ नम्बर प्रदेशको भ्रमण गरिने बताए ।
उक्त, भेटघाटमा दुबै प्रदेश प्रमुखहरु बीच अनुभव आदान–प्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिको बारेमा कुराकानी भएको बताइएको छ ।