प्रतिनिधिसभाको सातौँ अधिवेशन आइतबारदेखि सुरु हुँदै

प्रतिनिधिसभाको सातौँ अधिवेशन आइतबारदेखि सुरु हुँदै

२२ फागुन, विराटनगर ।
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि सुरु हुँदै छ ।

संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशअनुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि, नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरी निर्वाचनको घोषणा गरेका थिए ।

संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गएको असार १७ गते अन्त्य भएको थियो ।

राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो । नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.