२२ फागुन, काठमाडौं ।
छौटौँ संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधी आर्मीका कृष्ण बहादुर बस्नेतले जितेका छन् ।
शनिबार भएको म्याराथनमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यस्तै भारतीय सेनामा कार्यरत तीर्थ कुमार पुन निर्धारित दुरी २ घण्टा २२ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए ।
त्यस्तै २ घण्टा २३ मिनेट ३२ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका आर्मीका होमलाल श्रेष्ठ तेस्रो भए । खुला म्याराथनअन्तर्गत महिला हाफ म्याराथनको उपाधि भने एपीएफकी पुष्पा भण्डारीले जितेकी छन् ।
पुष्पाले लगातार दोस्रो वर्ष उपाधि चुमेकी हुन् । उनले उपाधिसँगै ट्रफी, नगद ७५ हजार तथा स्कुटी जितेकी छन् ।
आर्मीकी विश्वरुपा बुढाले निर्धारित दुरी १ घण्टा २० मिनेत ९ सेकेन्डमा पूरा गरेकी थिइन् । उनी दोस्रो भइन् । त्यस्तै १ घण्टा २४ मिनेट ४६ सेकेन्डमा उक्त दुरी पूरा गरेकी एपीएफकी बिन्दा श्रेष्ठ तेस्रो भइन् ।