२२ फागुन, काठमाडौं । अन्ततः मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आएको छ ।

फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर १० फागुनमा सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसालिएको हो । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मेसिनको बटन थिचे । खसालिएको पानी बागमती नदीमा हालिएको छ । पहिलो चरणमा आएको पानी फोहोरसहितको हुने हुनाले प्रशोधन केन्द्रमा नहालिएको हो ।




