प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै

प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै

२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै छन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि आज दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ ।

खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम छ । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ७० वर्षका प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा परेकाछन् ।

प्रधानमन्त्री ओलीलाई खोप लगाउँदा कुनै खतरा नहुने विज्ञले बताएका छन् । कोरोनाको खोपबारे केही अन्योल देखिएकाले ज्येष्ठ नागरिकलाई हौसला र प्रोत्साहन दिनका लागि प्रधानमन्त्री ओलीले खोप लगाउन लागेका हुन् ।

यसअघि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकोटा, नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायतले खोप लगाइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.