मोरङमा हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ घाईते

मोरङमा हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ घाईते

२३ फागुन, मोरङ । मोरङ सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँस्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

हिजो मध्यरात पौने १ बजे बा ४ ख ६९६ नम्बरको हाईस गाडी र बिपरित दिशाबाट आउँदै गरेको प्र२–०२–००१ प ३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी–११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो ।

सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा र सह–चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दु

र्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.