सभामुखसँग प्रचण्ड र नेपालको भेटवार्ता

सभामुखसँग प्रचण्ड र नेपालको भेटवार्ता

२३ फागुन, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् ।

भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन । यद्यपि पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

अपराह्न चार बजे संसद बैठक बस्दै छ । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.