नेकपा प्रचण्ड–नेपाल समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने

नेकपा प्रचण्ड–नेपाल समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने

२३ फागुन, काठमाडौँ । आइतबारको संसद् बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका सांसद पनि सत्तापक्षकै लहरमा बस्ने भएका छन् ।

दुई समूहमा विभाजित भएर संसदीय दलका नेता र सचेतक पनि फरक–फरक बनाइसकेको अवस्थामा प्रचण्ड–नेपाल समूहका सांसद् कुन लहरमा बस्छन् ? भन्ने आम चासो थियो ।

तर संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरेर अहिलेसम्म पार्टी विभाजन भएको औपचारिक पत्र प्राप्त भइ नसकेकाले नेकपाका सबै सांसद् पहिलेकै स्थान अर्थात् सत्तापक्षकै लहरमा बस्ने जानकारी दिए ।

‘हामीले बुझ्दा नेकपा अहिलेसम्म एउटै पार्टी छ, कानुनी रूपमा दुई वटा भएको पत्र आएको छैन, त्यसैले पहिले उहाँहरू जुन ठाउँमा बस्नुहुन्थ्यो अहिले पनि त्यही लहरमै बस्नुहुन्छ’, पाण्डेले भने ।

प्रतिनिधि सभाको बैठक आइतवार चार बजे बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्चले फागुन ११ गते पुनर्स्थापनको फैसला गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.