२४ फागुन, काठमाडौं ।
सोमबार बिहान ११ बजे बोलाइएको साविकको नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सरेको छ ।
बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए ।
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।
अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।