जसपा संसदीय दलको बैठक बस्दै

जसपा संसदीय दलको बैठक बस्दै

२४ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले संसदीय दलको बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

बैठक सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा सोमबार दिउँसो २ बजे अर्थात केही बेरमा बस्दैछ । सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.