मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?: प्रधानमन्त्री

मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?: प्रधानमन्त्री

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् ।

संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए ।

सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ दिए । आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’

आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निश्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए । उनले अघि भने ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.