धनकुटामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक फरार

धनकुटामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक फरार

२४ फागुन, धनकुटा । धनकुटा सहिदभुमी गाऊपालिका ७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउँसो ११ बजे सोही स्थानमा ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.