कर्णालीमा दुई दिदीबहिनीको शव फेला, चार छोराछोरीसहित आमा नदीमा हामफालेको आशंका

कर्णालीमा दुई दिदीबहिनीको शव फेला, चार छोराछोरीसहित आमा नदीमा हामफालेको आशंका

२५ फागुन, काठमाडौँ । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।

प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव हिजो बेलुकी भेटिएको हो ।

कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको छ ।

दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका–३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उनले बताए ।

घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किनु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.