मेयर कपः आर्मी मात्र ८७ रनमा समेटियो, पुलिसको ब्याटिङ जारी

मेयर कपः आर्मी मात्र ८७ रनमा समेटियो, पुलिसको ब्याटिङ जारी

२५ फागुन, काठमाडौँ । मेयर कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब अलआउट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी क्लब ३० ओभर १ बलमा नै अलआउट भयो । आर्मीले मात्र ८७ रन बनाउन सक्यो । आर्मीका लागि लोकेश बमले ३२, विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोड्नुबाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् ।

नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए भने पवन सर्राफले ३ र ललित राजवंशीले २ विकेट लिए । अहिले ८८ रनको लक्ष्य पछ्याइरहेको पुलिसले ब्याटिङ गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.