कुमारी घर भारतले पुनर्निमाण गरिदिने

कुमारी घर भारतले पुनर्निमाण गरिदिने

२५ फागुन, काठमाडौँ । ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने भएको छ । ०७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो ।

मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरे । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भुकम्प पश्चात क्ष्तिग्रस्त बनेको थियो ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँया ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निमाण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताए ।


भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उनले बताए । डेढ वर्षमा सम्पन्न गरीसक्ने गरी बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी बनाइने उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.