२६ फागुन, काठमाडौँ । सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।