नेपाली सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि

नेपाली सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि

२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र विकास निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको नेपाली सेनालाई विवादमा ल्याउने र अपमान गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता प्रयासलाई विफल पार्नुपर्ने बताए । सेनाले अनुशासनपूर्वक संविधानमा भएको अधिकार र सरकारले दिएको जिम्मेवारी पूरा गरे पनि जबरजस्ती विवादमा ल्याउने कोसिस भइरहेको ओलीको भनाइ छ ।

अप्ठ्यारा विकास निर्माणका काममा नेपाली सेना नै चाहिने भन्दै प्रधानमन्त्री ओलीले सेनाले गरेका कामको प्रशंसा गरे ।

‘जहाँ अप्ठ्यारो पहरा हुन्छ, त्यहाँ नेपाली सेना चाहिन्छ, सेनाले निकै जोखिमपूर्ण र कठिन मानिएका निर्माण कार्य सम्पन्न गरेको छ, यसमा सेनालाई प्रशंसा गर्नुपर्छ’, ओलीले भने ।

यस्तै उनले सीके राउततर्फ लक्षित गर्दै देशमा पृथकतावादी माग राख्नेहरु र विप्लवतर्फ संकेत गर्दै हिंंसामा रहेकाहरु शान्ति प्रक्रियामा आइसकेकाले सुखी नेपाली समृद्धि नेपालको यात्रा थप सहज भएको बताए । यसलाई कसैको विजय र पराजय भन्दा पनि सबैको विजयको रुपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.