शिक्षा शाखा प्रमुखमाथि कुटपिट भएको विरोधमा काम ठप्प पारी कर्मचारी धर्नामा

शिक्षा शाखा प्रमुखमाथि कुटपिट भएको विरोधमा काम ठप्प पारी कर्मचारी धर्नामा

२६ फागुन, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपनारायण राय यादवमाथि कुटपिट भएको विरोधमा कर्मचारीले कार्यालयको काम ठप्प पारेर धर्नामा बसेका छन् । यादवलाई वडा नम्बर १७ का वडाध्यक्ष रामविश्वास रायले मङ्गलवार बेलुका कार्यकक्षमै कुटपिट गरेका थिए ।

शिक्षकको तलब दिने विषयमा विवाद हुँदा कुटपिट भएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिए । धर्नाका क्रममा पनि कर्मचारी र वडाध्यक्ष पक्ष समूहबीच झडप हुँदा वडाध्यक्षसहित दुवै पक्षका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य नगरपालिकाबाट काज सरुवा भइ बरहथवा नगरपालिका १० को कटानीमा रहेको दुर्गा सरस्वती जनता माविका शिक्षक फेकुकुमार रायलगायत राहत कोटाका शिक्षकलाई तलब भत्ता नदिएको भन्दै वडाध्यक्ष रायले नगरपालिकाको शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.