बी डिभिजन लिग फुटबलमा बाँसबारीमाथि खुमलटारको जित

बी डिभिजन लिग फुटबलमा बाँसबारीमाथि खुमलटारको जित

२६ फागुन, काठमाडाैँ ।

सहिद स्मारक बी डिभिजन लिगमा बुधबार खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित पराजित गरेको छ । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी समेत गरेको छ ।

खुमलटारलाई सुखल अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे । खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । एक खेल कम खेलेको सातदोबाटोको पनि २५ अंक नै रहेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यता नयाँवस्ती युवा क्लबसँग पराजित भएसँगै पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक ’सी’ डिभिजन लिगमा घटुवा भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।

अन्तिम खेल जित्नु पर्ने भएपनि जित निकाल्न नसक्दा सि डिभिजन लिगमा घटुवा हुन पुगेको हो । नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काएपनि यो जित निकाल्न पर्याप्त भएन । जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोडदै नवौं स्थानमा रहेको छ ।

बिहीबार लिगमा अन्तिम खेल हुनेछन् । पहिलो खेल झम्सीखेल युथ क्लब र मध्यपुर युथ एसोसियन तथा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो बीच हुनेछ । दुबै खेल एन्फाका मैदानमा हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.