प्रदेश कार्यालयमा तोडफोडः संलग्नहरुलाई कारबाही गर्न रावलको माग

प्रदेश कार्यालयमा तोडफोडः संलग्नहरुलाई कारबाही गर्न रावलको माग

२६ फागुन, काठमाडौं ।

सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न माग गरेका छन्

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि जानकारी गराईसकेको रावलले जनाए ।

रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको बताए । उनले भने, ‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.