पशुपतिमा बढ्याे शिवरात्रिको चहलपहल

पशुपतिमा बढ्याे शिवरात्रिको चहलपहल

२६ फागुन, काठमाडाैँ ।

पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि बिहिबार परेको छ।

यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ। केहि बेलुका सम्म आउने छन् । हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पुजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् ।

यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि शिवरात्रीको तयारी पुरा भएको बताएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.