प्रधानमन्त्री-जसपा छलफल सकारात्मक, आज फेरि वार्ता हुने

प्रधानमन्त्री-जसपा छलफल सकारात्मक, आज फेरि वार्ता हुने

२८ फागुन, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भेट भएको हो । प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक रहेको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार जसपाले मधेस थरुहट आन्दोलनमा जेलमा रहेका कैदीबन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग अघि सारेको थियो । उनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक छु भन्नुभएको छ ।’ भेट सत्ता साझेदारीमा केन्द्रित रहेको जसपा नेताहरुको भनाइ छ ।

सत्तारुढ एमाले र जसपा कार्यदलबीच शुक्रबार पुनः भेट हुने छ । भेटमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई सहभागी थिए ।

यसैगरी जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोककुमार राई, लक्ष्मणलाल कर्ण सहभागी भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.