खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४.५ प्रतिशत जनसंख्याले खोप लगाएका छन्। जब कि भारतमा कुल जनसंख्याको १.४ प्रतिशत (बुधबारसम्म)ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन्। दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको

खोप शाखा प्रमुख डा. झलक गौतमले बताए। डा. गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४.५ प्रतिशत छ।‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि छौं’, डा. गौतमले भने, ‘सार्क मुलुकमा हामी दोस्रो स्थानमा छौं। पहिलो स्थानमा माल्दिभ्स छ। खोपको सुरुवात त र कभरेज गर्नेमा नेपाल उदाहरणीय बनेको छ।’ उनका अनुसार सयभन्दा बढी मुलुकले अझै खोप पाएका छैनन्।

सरकारले सेरम इन्स्टिच्युटबाट चार डलरका दरमा २० डोज खरिद सम्झौता गरी १० लाख डोज ल्याएर दोस्रो चरणको अभियान जारी छ। बाँकी १० लाख डोज ल्याउने तयारी सरकारको छ।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.