दक्षिण कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

दक्षिण कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

२८ फागुन, विराटनगर ।
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ।

बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो।

घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन्। दुई वर्षअघि कोरिया गएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए।

लडेपछि बेहोस भएका उनलाई नजिकैको अस्पताल लगिएको थियो। अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ।

मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर संघका अध्यक्ष पुनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.