देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो।

‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले भने, ‘त्यसका लागि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हाम्रो जोड हुन्छ। त्यो सम्भव छ कि छैन थाहा छैन।’

केन्द्रीय सदस्य गगन थापाले राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको बताए। ‘ओलीलाई चाँडो घर पठाउनु छ। सकिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर केपी शर्मा ओलीले जति पनि संविधानमा भ्वाङ पार्ने काम गर्नुभएको छ, त्यसलाई पुर्ने काम गर्नुपर्छ। अनि मुलुकलाई निर्वाचनमा लैजानुपर्छ’, नेता थापाले भने, ‘सर्वोच्च अदालतको आदेशपछि

नेकपाले पाएको जनमत खारेज भएको छ। त्यसकारण अहिले जनादेश पाएको दल नै छैन। अब यस्तो अवस्थामा मुलुकलाई निकास दिने दायित्व कांग्रेसको काँधमा छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.