अब बन्दीपुरमा ग्रेटवाल

अब बन्दीपुरमा ग्रेटवाल

विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ ।

ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासा गरेको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अगाडि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा पारेर बजेट निकासी भएपछि बन्दीपुरबासीमा खुसी छाएको छ ।

मन्त्रालयले बजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालका लागि चार करोड ५५ लाख रुपियाँ विनियोजन गरेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.