मकवानपुरमा रात्रीबस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

२९ फागुन, मकवानपुर ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

शनिबार बिहान ३ बजेतिर हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेका छन् ।

बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.